काठमाडाैँ । नेकपा एमालेका नेता पशुपति चाैलागाइको निधन भएको छ । अहिले केहीबेरअघि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कोरोना संक्रमण भएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार गराइरहेका चाैलागाईको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक धर्मदत्त सुवेदीले जानकारी दिए । उनी २०५६ सालमा दोलाखाबाट प्रतिनिधिभासमा निर्वाचित हुनुभएको थियो । उनी अहिले बागमती प्रदेश सभाका सांसद थिए ।












