अमेरिकी सेनाको एउटा एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डा (नेभल एयर स्टेसन लिमोर) नजिकै दुर्घटना भएको छ । यो दुर्घटना मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित लिमोर नौसेना हवाई अड्डानजिकै भएको नौसेनाले जनाएको छ । स्थानीय समयानुसार बुधबार साँझ करिब ६ः३० बजे यो दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान…