काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया शुक्रबार खाली गराएको हो। ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।