काठमाडौं । आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् । बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् । उनी आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित भागेर सम्पर्कविहीन भएका छन् । गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका थिए ।…