ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरु एमालेमा प्रवेश गरेकाछन् । तरुणदल प्रदेश समितिका सदस्य सुरज राई (टाइगर बोस) को नेतृत्वमा दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवम् ओखलढुंगा निर्वाचन क्षेत्र (क) का इन्चार्ज अम्बिरबाबु गुरुङले पार्टीमा स्वागत गरेका छन् । प्रवेश गर्ने सबैजसो तरुणदलका पदाधिकारी युवाहरु…