जनकपुरधामको होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्या अभियोगमा एक युवती पक्राउ परेकी छन् । महोत्तरीको बलवा नगरपालिका-७ की २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८…