बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दावी पेश गरेका छन्। कांग्रेस र एमालेको समर्थनमा लामाले मुख्यमन्त्री दावी गरेका हुन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न मंगलबार साँझ पाँच बजेसम्मको समय दिएर दलहरूलाई आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको…