चितवन–२ को घरदैलो कार्यक्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक मतदाताले जेनजी आन्दोलनको विषयमा प्रश्न उठाएका छन् । ती मतदाताले गएको भदौ २३ र २४ को आन्दोलनमा लामिछानेसँगै धेरै कैदीबन्दी बाहिर निस्किएको र आन्दोलनको नेतृत्व पनि गरेको भन्दै प्रश्न गरेका हुन् ।“जेनजी आन्दोलनका क्रममा तपाईं बाहिर निक्लिनुभयो, धेरै कैदीबन्दी पनि निक्लिए ।…