बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा अखण्ड दीप प्रज्वलन गर्दै रातभर जाग्राम बसेका भक्तजनले आज बिहान शतबीज छरेका छन्। दिवंगत पितृको उद्देश्यले मार्गशीर्ष कृष्ण त्रयोदशीको रात दीपदान गरी बसेपछि भोलिपल्ट चतुर्दशीको दिन बिहानै सात प्रकारका अन्न मिसाइएका शतबीज छर्ने परम्परा रहँदै आएको छ। धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाएर तयार गरिने शतबीज पशुपति…