राष्ट्रपति रामचन्द्र पौडेलले बख्खुमा सजिएर फेम्बर काट्दै ग्याल्पो लोसार मनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ को अवसरमा यसरी लोसार मनाएको हो । नेपाल शेर्पा संघ र शेर्पा कार्यक्रम आयोजकको संयूक्त आयोजनामा राष्ट्रपति कार्यालयमा आयोजित ग्याल्पो लोसार शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति शेर्पा पोशाक बख्खुमा सजिएर फेम्बर (विशेष प्रकारको परिकार)…