२०८३, २७ बैशाख आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषकका लागि आएको रासायनिक मल गायब



रोल्पा । रोल्पाको लागि भनेर आएको रासायनिक  मल गायब भएको खुल्न आएको छ । रोल्पा जिल्लाको कोटामा आएको १ सय बोरा डिएपी मल जिल्लामा आएको छैन भने पहिले नै आएको भनिएको १ सय ५० बोरा मल पनि कहाँ बिक्री भयो भन्ने थाहा छैन । 

रोल्पाली कृषकका लागि भनेर आएको रासायनिक मल बाहिरी जिल्लामा  बिक्री गर्ने गरेको खुलेपछि स्थानीय प्रशासनले खोजी सुरु गरेको छ । सदरमुकाम लिवाङबाट बसमा राखेर जिल्ला बाहिर लैजाँदै गरेको १८ बोरा रासायनिक मल प्रहरीले सातदोबाटो प्रहरी चेक पोष्टबाट  बरामद गरेपछि बिचौलियाले  बदमासी गरेको खुल्न आएको हो  प्रहरीले गोप्य सूचनाका आधारमा उक्त मल बरामद गरेको बताएको छ  ।

रोल्पाको कोटामा पर्ने १ सय बोरा डिएपी मल असार १३ गते गाडीमा लोड गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङको रेकर्डमा देखिए पनि उक्त मल अहिलेसम्म रोल्पा आएको छैन भने कृषि सामाग्री संस्थानले पठाएको १ सय ५० बोरा पनि बिक्री गरेको कुनै रेकर्ड भेटिएको छैन ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  २ : १५ बजे