२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमीको प्रशंसा



अनलाइन सरोकार

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही समयदेखि देवांशु जंगबहादुर राणाको प्रेममा छिन् । साम्राज्ञी र देवांशुले आफूहरुको प्रेमलाई लुकाएका छैनन् ।

साम्राज्ञी र देवांशु कहिलेकाही तस्वीरका कारणले चर्चामा पनि आउँछन् । तर, बजारमा जतीसुकै आलोचना भएपनि, गसिप लेखिएपनि यी दुइलाई खासै फरक परेको छैन । बरु, यी दुइको प्रेम झनै फराकिलो बन्दैछ ।

नायिका शाह देवांशुसँग आफ्नो जीवन नै व्यतित हुने बताउँछिन् । उनले, देवांशुको प्रशंसा गर्दै लेखेकी छिन्–‘उनी, मन भित्रबाट र बाहिर पनि अचम्मका छन् ।’

उनले, देवांशुलाई भेटेको पहिलो दिनबाट नै उनी आफ्नो लागि विशेष भएको भन्दै जीवनको अन्तिम क्षणसम्म आफ्नै हुने उल्लेख गरेकी छिन् ।
साम्राज्ञीको यो कुराले पनि के वुझिन्छ भने, यी दुई प्रेमको यात्रामा रमाइलोसँग पौडिरहेका छन् । आशा गरौ, साम्राज्ञी र देवांशुको प्रेम गाडी जीवनको अन्तिम क्षणसम्म दौडिरहनेछ ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  १२ : ३४ बजे