२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमगीत ३ को हिन्दी टिजर सार्वजनिक



काठमाडौं ।  आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक भएको छ । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् सार्वजनिक गरेको टिजर एक मिनेट लामो छ । टिजरमा अभिेनेता प्रदीप खड्कालाई विशेष स्थान दिइएको छ ।

टिजरमा राजपरिवारमा जन्मिएका एक युवाले प्रमिकालाई छोड्ने या राजगद्दी छोड्ने भन्ने विषय देखाइएको छ । हिन्दीमा प्रदीपको डबिङ संकेत म्हात्रेले गरेका छन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीपका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन् ।

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  ११ : ५७ बजे