काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा गरेको अवसरमा नगरप्रमुख उपेन्द्र कार्कीले उपलब्धि तथा भावी योजना सार्वजनिक गरेका हुन् ।
येस्तो छ नगर प्रमुख कार्कीले प्रस्तुत गरेका जनताका सेवामा १००..…..….
शिक्षा तर्फ :
- नगरपालिकाको नगर शिक्षा ऐन २०७५ को संशोधन गरी शिक्षा ऐन २०२८ अनुकूल बनाइएको ।
- एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत २०९ शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको ।
- सामुदायिक विद्यालयहरुमा दरवन्दी अभावलाई व्यवस्थापन गर्न नगरपालिकाको आन्तरिक स्रोत तर्फबाट उच्च मा.वि., मा.वि., आइसिटि र खेलकुद लगायत आवश्यक विषयमा थप शिक्षकको व्यवस्था गरिएको ।
- कार्यपालिकाको पहिलो निर्णय बमोजिम विद्यालय शिक्षाको गुणस्तर सुधारको सुरुवात ईीस्डिबाट गर्नेगरी कक्षाहरुलाई प्रविधिमैत्री र पूर्वाधारयुक्त बालमैत्री बनाउने निर्णयअनुसार रातो बंगला विद्यालयसँग एमओई गरी कार्य अघि बढाइएको ।
- संस्थागत विद्यालयको दर्ता र नविकरण शुल्कमा लाग्ने साविक रकममा २५ प्रतिशत वृद्धि कम गरिएको ।
- ईसिडि सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई नगरपालिकाको आन्तरिक स्रोतबाट थप पारिश्रमिक प्र.अ.लाई थप प्रोत्साहन भत्ता तथा सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीलाई दिवा खाजा भत्ताको व्यवस्था गरिएको ।
स्वास्थ्य तर्फ :
- मुलपानी नगर अस्पतालको सेवा विस्तार तथा प्रभावकारी बनाउन मेडिकल अधिकृत लगायत थप जनशक्ति व्यवस्थापनको कार्य अघि बढाइएको ।
- मुलपानी नगर अस्पताललाई १५ शैयाको अस्पताल भवन निर्माणको लागि २० करोड रकम संघीय सरकारबाट विनियोजनभई जग्गा लिज प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट निर्णय भएर कार्य अगाडी बढाइएको ।
- मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यअनुसार वडा नं. ९ बाट सुरु गरिएको ।
- मुलपानी नगर अस्पतालमा दैनिक आउने कोरोना बिरामीहरुका लागि निःशुल्क एन्टिजेन टेष्ट गरिएको ।
- कागेश्वरी मनोहरा नगरपालिकालाई कुपोषण र क्षयरोग मुक्त गर्न अभियान सुरु गरिएको ।
- कागेश्री मनोहरा नगरपालिकाको डाँछी स्वास्थ्य संस्थामा शिघ्र कडा कुपोषण व्यवस्थापनको लागि ओटिसि स्थापना गरिएको ।
- सबै स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुका लागि प्रयोगशाला सेवा विस्तारको लागि डाँछी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तारको प्रक्रिया अगाडी बढेको ।
- नगरपालिकाभित्र रहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयमसेविकाहरूको यातायात खर्चवृद्धि गरी मासिक तीन हजार रूपैयाँ पुर्याएको साथै सबै महिला स्वास्थ्य स्वयमसेविका तथा नीजहरूको परिवारको निःशुल्क स्वास्थ्य वीमा गरिएको ।
- सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क रूपमा नियमित स्वास्थ्य परिक्षणका लागि “विद्यालय स्वास्थ्य कार्यक्रम” सुरु गरिएको ।
खानेपानी तर्फ :
- खानेपानीको एकिकृत विकाुसको लागि खानेपानी तथा सरसफाई ऐन २०७९ जारि गरिएको ।
- बृहत एकिकृत खानेपानी कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानीको धारा प्रत्येक घरमा पुर्याइने कार्य अघि बढेको ।
- –डाँछी भद्रवास खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कागेश्वरी मनोहरा नगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरि खानेपानी तथा सरसफाई आयोजना, आयोजना कार्यन्वयन कार्यालय पानीपोखरी काठमाडौं र नगर विकास कोषबीच करिव ८२ करोड ५० लाख लागत भएको महत्वपूर्ण खानेपानी योजना सम्झौता भएको ।
- गोठाटार–भैमाल खानेपानी विस्तारका लागि सह–लगानी मार्फत् करिव ८५ करोड थप लगानीमा योजना सम्झौता अन्तिम चरणमा रहेको साथै यस्ै आ.व.भित्र थप ५५०० घरधुरीलाई खानेपानी वितरण विस्तार कार्यलाई अगाडी बढाइएको ।
शहरी विकास तर्फ :
- अव्यवस्थित हाउजिंग प्लटिङको अनुमती स्थगित गरि व्यवस्थित शहरीकरणको कार्य अघि बढाउने तयारी गरिएको ।
- शहरि पूर्वाधार आयोजनाहरु जसमा स्पोर्ट सिटि, डिजिटलमैत्री नगरपालिका र बहुस्तरीय बसपार्क निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोगको लागि नगर विकास कोषसँग समन्वय गरी योजना अगाडी बढाइएको ।
- पूर्वि काठमाडौं नयाँ शहरी विकास आयोजनालाई अघि बढाइएको ।
- व्यवस्थित शहरलाई प्रवद्र्धन गर्न ग्रीनहिल सिटि, सनसिटीजस्ता सबै आवाशिय भवनहरुको करको दरमा एकरुपता कायम गरिएको ।
- जनगुनासोलाई सम्बोधन गर्दै साविकमा लिँर्दै आइएको कित्ताकाटको प्रति आना रु. १०,००० सिफारिस दस्तुर लिने व्यवस्थालाई परिवर्तन गरी रु. २,००० कायम गरिएको ।
- स्थाननीय भू–उपयोग परिषद् गठन गरी जग्गा प्रशासनको लागि घरबाटो, चारकिल्ला लगायतका सिफारिस प्रयोजनका लागि जग्गाको वर्गिकरण गर्नको लागि निर्णय गरी कार्यन्वयनलाई सहजिकरण गरिएको ।
विपद व्यवस्थापन तर्फ :
- – विपद व्यवस्थापनमा दु्रत सहयोग पु¥याउन आरआरटी (¥यापिड रेस्पोन्स टिम) गठन गरि विपद तथा मर्मत संभारको कार्यलाई अगाडी बढाइएको । यसका लागि वडा तहमै रकम विनियोजन गरिएको ।
- नगर प्रहरिलाई विपद्को समयमा तत्काल व्यवस्थापनको लागि खटाइएको ।
- सार्वजनिक स्थल, बाटोघाटोमा रहेका असहाय गाई बाच्छाबाच्छी उद्दारको लागि पशु एम्बुलेन्स खरिदको लागि सहयोग गरी असहाय गाईबाच्छा संरक्षण अभियानलाई एम्बुलेन्स हस्तान्तरण गरिएको ।
फोहरमैला तथा वातावरण व्यवस्थापन तर्फ :
- फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्रोतमा नै वर्गीकरणको कार्य अघि बढाउने एवं उपयुक्त प्रविधि प्रयोग गरी नगरको फोहोर नगरभित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाइएको ।
- सार्वजनिक स्थल, मठ मन्दिरको नियमित सरसफाईमा जोड गरिएको ।
उद्यमशिलता तथा क्षमता विकास तर्फ :
- नगरपालिकाबाट उद्यमशिलता तालिमप्राप्त गरेका महिला उद्यमीहरुलाई व्यवसाय दर्ता शूलक घटाई रु. ५०० कायम गरिएको ।
- नगरपालिका क्षेत्रभित्र क्रियाशिल रहेका बैंक, वित्तीय संघ÷संस्था, संस्थागत विद्यालय तथा व्यवसायिक क्षेत्रहरुबाट सामाजिक उत्तरदायित्व कोष खडा गरी नगरपालिकाको शिक्षा, स्वास्थ्य, उद्यमशिलता र वातावरणको क्षेत्रमा कोषको रकम परिचालन गर्ने व्यवस्था मिलाइएको ।
- अध्ययन र अनुसन्धान कार्यलाई अघि बढाउन किसुनजी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी आवश्यक रकम सहित कार्य अघि बढाइएको ।
खेलकुद तर्फ :
- नगरपालिकाको गौरवको योजनको रूपमा नगरपालिकालाई खेलकुद नगरीको विकास गर्न आवश्यक नीति निर्माणमा जोड दिएको ।
- नियमित रूपमा विद्यालयस्तर र समुदाय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिएको ।
पर्यटन प्रवर्धन तर्फ :
- कागेश्वरी धामको वृहत विकासको कार्ययोजना अघि बढाइएको ।
- वडा नं. ८ स्थित नवतम धाम र वडा नं. ४ स्थित कोल्मतेश्वर धाम र लक्ष्मी ह्याग्रिव मन्दिरको वृहत विकासको लागि कार्ययोजना अघि बढाइएको ।
- नगरपालिकाभित्र रहेको परम्परागत रीतिरिवाज, चाडपर्व तथा संस्कृतिको संरक्षण र संवद्र्धनको व्यवस्था मिलाइएको ।
सुशासन तर्फ :
- नगरबासीलाई राष्ट्रिय परिचयपत्र दर्ता कार्य छिटो र सरल बनाउन साविकमा भएको अफलाइन सेवालाई अनलाइन मा अपग्रेड गरिएको ।
- मुलपानी नगर अस्पतालमा छिटो तथा सरल सेवा प्रवाहको लागि बिलिंग लगायत अन्य सेवालाई विद्युतीय प्रणालीमा परिवर्तन गरिएको ।
- नगरपालिकाले लिने चालु आ.व. को व्यवसाय कर, घर वहाल कर, सम्पती करमा २०७९ आश्विन मसान्तभित्र दाखिला गर्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको ।
- नगरपालिकाले गत वर्षसम्मको बाँकी वक्यौता व्यवसाय कर, घरवहाल कर, सम्पती करमा लाग्ने कुल जरिवानामा २०७९ पौष मसान्तभित्र दाखिला गरेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको ।
उज्यालो नगर, सरक्षित नगर तर्फ :
- उज्यालो नगर सुरक्षित नगर कार्यक्रम सञ्चालन अन्तर्गत सडक वत्ती तथा सिसिटिभी क्यामेरा जडानका लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा लगिएको ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ :
- जेष्ठ नागरिकहरुलाई सम्मान स्वरूप चाडपर्व खर्च रु. १ हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको ।
- जेष्ठ नागरिकहरूलाई घर घरमा गएर स्वास्थ्य परिक्षणको कार्यक्रम सञ्चालन गरिएको ।
- जेष्ठ नागरिकको दिवा खाजा, जेष्ठ नागरिक भवन र जेष्ठ नागरिक पार्क निर्माणलाई प्राथमिकता दिइएको ।
- नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न तथा महिला उद्यमी प्रवद्र्धन गर्ने कार्य अगाडी बढाइएको ।
- अपांगता परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता थप सेवा सुविधा व्यवस्थापन गरिएको ।
योजना तथा भौतिक पूर्वाधार तर्फ :
- नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यहि आ.व.बाट नै सोही भवनबाट कामकाज सुरु गर्ने गरी कार्य अगाडी बढाइएको ।
- निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई क्रमागत रुपमा सञ्चालनमा रहेका योजनाहरूलाई सम्झौता अवधि भित्रै यथावत रुपमा कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायिहरूसँग पटक–पटक बैठक राखी आवश्यक निर्देशन दियएको ।
- उपभोक्ता समिति मार्फत् काम गर्दा २० प्रतिशत लागत सहभागिताको निति परिवर्तन गरी योजनाको लागि विनियोजित रकमको ५ प्रतिशत रकम मर्मत सम्भार कोषमा जम्मा गर्ने गरी व्यवस्था गरिएको ।
- शहरी सौन्दर्यकरण र पार्क निर्माण लगायतका शहरी पूर्वाधारहरुमा जोड दिइएको ।
- चालु आर्थिक वर्षलाई योजना निर्माणको वर्षको रूपमा लिई नगरपालिकाको आन्तरिक तथा क्षेत्रगत योजना प्रक्रिया अगाडी बढाइएको ।
कृषि तथा पशुपंक्षी तर्फ :
- किसानहरुले प्राप्त गर्ने सुविधा व्यवस्थित गर्न किसान कार्डको शुरुवात गरिएको ।
- वर्षा तथा बाढिका कारण क्षती भएको बाली तथा पशुधनका लागि किसानहरुलाई राहत रकम वितरण गरिएको ।
- व्यवसायिक तथा आर्गनिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गरिएको ।












