२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध संरचना हटाउन सुनकोशीको ३५ दिने ‘अल्टिमेटम’



ओखलढुंगा । सार्वजनिक जग्गामा बनेका अनाधिकृत संरचना हटाउन सुनकोशी गाउँपालिकाले ३५ दिने अल्टिमेटम जारी गरेको छ ।

गाउँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै पालिकाले सार्वजनिक स्थानमा निर्माण भएका घर, टहरा हटाउने भएको हो। गाउँपालिकाले जारी गरेको सूचनामा सडक सञ्जालको स्तरोन्नती गर्न तथा हाटबजार क्षेत्रको व्यवस्थापनका लागि अनाधिकृत संरचना हटाउन लागेको जनाइएको छ ।

सार्वजनिक स्थानमा बनेका त्यस्ता संरचना ३५ दिनभित्र नहटाएमा गाँउपालिका आफैले हटाउने र त्यस वापत लागेको खर्च समेत सम्बन्धित व्यक्ति तथा संस्थाले व्यहोर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २०७९, ३० भाद्र बिहीबार ००:००  ४ : ४१ बजे