२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीहरू कामकाज ठप्प पारी आन्दोलित



बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरू कामकाज ठप्प पारी आन्दोलित भएका छन् । वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले उपमहानगरपालिकाको कार्यालयमा कार्यरत दुई जना अमिनहरूलाई आफूले भने अनुसार जग्गा ननापेको भन्दै तीन घण्टा एउटा सटर भएको कोठामा थुनेर बन्धक बनाएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्  ।

बन्धक बनाएका कर्मचारीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले ईलाका प्रहरी कार्यालय सिमराको सहकार्यमा उद्धार गरेका थिए । वडा अध्यक्ष कार्कीले माफी न मागेसम्म सम्पुर्ण कामकाज ठप्प रहने आधिकारिक ट्रेड युनियन बाराका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले जानकारी दिए।

ट्रेड युनियन बाराका अध्यक्ष कार्कीले कर्मचारीहरूको सुरक्षा र कार्य गर्ने वातावरण नबनेसम्म आन्दोलन जारी रहने बताए  । जीतपुरसिमरा उपमहानगरपालिकामा करिब तीन सय जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  १ : ४४ बजे