२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वीपीको तस्बिर हटाइयो, तरुण दलद्वारा आपत्ति



काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट महामानव वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गम्भीर आपत्ति प्रकट गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त तस्बिर सोही स्थानमा अविलम्व नराखिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

महामानव वीपी कोइरालाको नाममा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कार्यालयमा सुरुवाति अवस्थाबाट राखिएको महामानव वीपी कोइरालाको तस्बिर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकोले सो कार्य खेदजनक र निन्दनीय भएको तरुण दलको ठहर छ । नेपाल तरुण दलले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने यस्ता घृणित मानसिकताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने चेतावनी दिएको छ ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाप्रति हुने कुनै पनि प्रकारका अपमान र उनको अस्तित्व मेटाउने प्रयत्न कति कतैबाट भए सो कार्य नेपाल तरुण दललाई सैह्य नहुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।    

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ६ : ५७ बजे