२०८३, ११ श्रावण सोमबार | Mon Jul 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित



नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो ।

तर नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

सोही पत्रअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको हो । सूचनामा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनाल, सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल र देवेन्द्र झाको हस्ताक्षर छ ।

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएका छन् ।

प्रकाशित मिति : २०८१, ४ आश्विन शुक्रबार ००:००  १ : ५२ बजे