
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको चार वर्षमा उज्यालो युगमा प्रवेश गरेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले गएको चार वर्षमा सबैभन्दा ठूलो उपलब्धी हासिल गरेको बताए ।
उनले आफ्नो कार्यकाल सफल भएको भन्दै प्राधिकरणलाई गएको चार वर्षमा प्रतिष्ठित संस्थाका रुपमा उभ्याइएको बताए । यसमा कर्मचारीदेखि सरकारसम्मको साथ र सहयोग रहेको उनले उल्लेख गरे । यी सबैको साथ र सहयोगबाटमात्र सुधारको काम गर्न सम्भव भएको उनको भनाइ छ ।
एकातिर उपभोक्ता अँध्यारोमा बस्नुपर्ने र अर्कोतिर संस्था चरम घाटामा रहेको चार वर्षअघिको अवस्था अहिले पूर्णतया उल्टिएको उनले बताए । चार वर्षअघि ३४ अर्बको सञ्चित नोक्सानीमा रहेको संस्था अहिले ४ अर्ब ८७ करोड सञ्चित नाफाको अवस्थामा पुगेको उनले बताए ।












