२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर : तरुण दल



काठमाडौं । नेपाल तरुण दलले कोरोना महामारीको जोखिमपुर्ण अवस्थामा पनि अग्रपक्तिमा खटेकाप्रति गरिएको दुर्व्यवहार, अपहेलाना र आक्रमण गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार एक बिज्ञप्ती जारी गर्दै देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहारप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको बताए ।

तरुण दल यस्ता अमानवीय व्यवहारमा संलग्न जो सुकै भएपनि कारवाहीको दायरामा ल्याउन र सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य गर्न सरकारसमक्ष माग गरेको छ ।

साथै विषम परिस्थितिमा समाजको अग्रपक्तिमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति दलले सम्मान समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७७, ८ भदौ सोमबार ००:००  २ : ३० बजे