२०८३, ११ श्रावण सोमबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण



 नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। यसै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरिएको छ। 

नेपाल संवत्लाई नयाँ वर्षको रूपमा काठमाडौँ उपत्यका र नेवार समुदायको बाहुल्यता रहेका अन्य स्थानहरूमा सांस्कृतिक र्‍याली, बाजागाजा तथा झाँकी सहित भव्यताका साथ मनाइने गरिएको छ। 

प्रकाशित मिति : २०८२, ५ कार्तिक बुधबार ००:००  १० : ३३ बजे