२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठ दिनपछि चौरसियाको अन्त्येष्टि





काठमाण्डौँ। मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी ९नेकपा पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको शुक्रबार अन्त्येष्टि गरिएको छ।


चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको अन्त्येष्टि गरिएको हो।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए।

सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति : २०७७, १५ कार्तिक शनिबार ००:००  १० : २१ बजे