२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित



काठमाडौं । संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

दिउँसो १ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेकाे हाे । साे सँगै बैठक स्थगित भएकाे छ ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार २२ गते १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार ००:००  २ : ०४ बजे