२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक



काठमाडौं : पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ सालमा प्रकाशित पुस्तकमध्ये १५ पुस्तक छनोट गरेको हो । प्रतिष्ठानका अनुसार पुरस्कारका लागि एक सय ४४ पुस्तकको आवेदन दिएका थिए ।

प्रतिष्ठानका अनुसार पहिलो चरणमा १५ पुस्तक छनोट भए पनि दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुनेछ । राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले १५ पुस्तक छनोट गरेको हो ।

उत्कृष्ट पुस्तकमा डा. नवराजा लम्सालको ‘अग्नी’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गुरु’, लोकराज भट्टको ‘छाइल’, दिलीप बान्तवाको ‘ताल्चा’, बल्लरी अलका आत्रेयको ‘निनाद’, राजेन्द्रमान डंगोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षूसँग प्रेम’, डा. विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, वसन्त बस्नेतको ‘महाभारा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल विनाबीको ‘यादहरूको संग्राहलय’ र गिरीश गिरीको ‘सत्यमोहन’ छन् ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  १२ : ४० बजे