२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटुको नियमित परीक्षणका लागि प्रधानमन्‍त्री गंगालाल अस्पतालमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्री ओली साँझ ५ बजे अस्पताल पुगेका हुन् । अस्पतालमा प्रधानमन्त्रीको मुटुको जाँच गरिने थापाले बताए ।

स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास फर्कने छन् ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार ००:००  १२ : ०४ बजे