२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा २० गतेभित्र कागजात नबुझाए योजनाको भुक्तानी नहुने



ओखलढुंगा ।  सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका   कार्यक्रम  आयोजनाहरूको अन्तिम भुक्तानीका लागि कागजात पेश गर्न अनुरोध गरेको छ   ।

गाउँपालिकाले बिहीबार एक सूचना  जारी गर्दै असार २० गते भित्र  आवश्यक प्रकृया पुरा गरी आयोजनाहरूको अन्तिम भुक्तानीका लागि कागजात पेश गर्न अनुरोध गरेको हो ।   स्थानीय सँचीत कोष व्यवस्थापन प्रणाली (सुत्र) बन्द हुनु अगावै कर भुक्तानी, अनुदान फिर्ता, हिसाब मिलान लगायतका काम सम्पन्न गरिसक्नु पर्ने कानुनी बाध्यता रहेका कारण उल्लेख गर्दै असार  २० सम्म पनि कार्यालयमा अन्तिम भुक्तानीका लागि कागजात पेश नगर्ने कार्यक्रम आयोजना, योजनाहरूको भुक्तानी नदिने गाउँपालिकाले जनाएको छ ।

 जारी सूचनाअनुसार  गाउँपालिकाको सुचनालाई  बेवास्ता गरी, समयमै काम सम्पन्न गरी कार्यालयमा कागजात पेश नगर्दा पर्ने असर र आर्थिक दायित्व स्वयम् उपभोक्ता समिति, ठेकेदार, विद्यालय, सम्बन्धित सरोकारवालाहरूमा  समर्पित रहने समेत जानकारी गरिएको छ ।

हेर्नुहोस सूचना

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  १ : ३१ बजे