२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्दिराको पछ्यौरी सार्वजनिक



काठमाडौं  ।  इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याएकी छिन् ।

यो गीतमा इन्दिराकै शब्द तथा संगीत छ । वैवाहिक जीवनका बाँधिएपछि रातो सारी र सिउँदो सिन्दुर सजाएर राजधानीमा बिहीबार आयोजित गीत रिलिज कार्यक्रममा उपस्थित भएकी गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको म्यूजिक र डान्सका केही स्टेपले चर्चा पाउने देखिएको छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । प्रविणको कोरियोग्राफी उत्कृष्ट छ । भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहना अनुसारको काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । भिडियोमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन् ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  ५ : ०७ बजे