२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड र हमालबीच भेटवार्ता



काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच आज विहान भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको बताइएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको हमालले दाहालसँग भेट गरेका हुन् ।

देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका थिए।

अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको उल्लेख गर्दै हमालले जनताले अपेक्षा  गरेअनुसारको विकास नपाएको बताएका थिए।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ११ : ५८ बजे