२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना सङ्क्रमितकाे संख्या ४ सय २७ पुग्यो



बाँकेमा ६ जनामा कोरोना पुष्टि, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा सङ्क्रमण

अनलाईन सरोकार

काठमाडौं- थप २५ जनामा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना देखिएको हो भने खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

नवलपरासीमा पनि एकजना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  १२ : १८ बजे