२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा ११ को बोर्ड परीक्षा नहुने



काठमाडौं । सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणका कारण उच्चमाध्यमिकदेखि माथि सवै तहका परीक्षा हुने नहुने अन्योल रहेका बेला सरकारले कक्षा ११ को परीक्षा पनि नगर्ने निर्णय गरेको हो । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदले विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने निर्णय गर्दै त्यसका लागि कार्यविधि भने राष्ट्रिय परीक्षा बोर्डले जारी गर्ने स्पष्ट पारेको छ । सो कार्यविधिका आधारमा विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।

कक्षा १२ को परीक्षा भने बोर्डले नै संचालन गर्ने महानिर्देशक दाहालको भनाई छ ।

सरकारले यसअघि नै एसईई नगर्ने निर्णय गर्दै आन्तरिक मुल्याङ्कनका आधारमा नजिता सार्वजनिक गर्ने भएको थियो ।

प्रकाशित मिति : २०७७, २१ असार आइतबार ००:००  ६ : ३० बजे