२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति र नेकपा शीर्ष नेताको भेटवार्ताः महाभियोगको हल्ला निराधार भएको स्पष्टोक्ति



काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला निराधार रहेको भन्दै त्यस्तो अफवाहको विश्वास नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् ।

नेकपाका तीनै शीर्ष नेताहरूले आफैले चुनेको राष्ट्रपतिलाई महाभियोग लगाउने हल्लामा कुनै सत्यता नभएको भन्दै स्पष्ट पार्न खोजेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले आफूले पनि त्यसो होला भनेर कल्पना नगरेको बताइन् । उनले नेताहरूलाई पार्टी एकता नतोड्ने गरी सहमतिको बाटो खोज्नसमेत आग्रह गरेकी थिइन् ।

राष्ट्रपति भवन शितलनिवासमा आइतबार भएको भेटवार्तामा नेताहरुले राष्ट्रपति जस्तो सम्मानित पदलाई विवादमा ल्याउने कुनै मनसाय नभएको स्पष्ट गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँगको भेटमा राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए ।

सम्बन्धित समाचार

https://onlinesarokar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a4%bf%e0%a4%b7/

प्रकाशित मिति : २०७७, २१ असार आइतबार ००:००  ७ : ०६ बजे