२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विन्दास वर्षा



अनलाइन सरोकार

अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् ।

नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् ।

लक डाउनका कारण घरमै बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई पनि छटपटी भैरहेको छ । झन्, लक डाउन अगाडि उनी राम्रा चलचित्रमा व्यस्त थिइन् । चलचित्रको अफर पनि उनलाई गज्जबकै आइरहेको थियो ।

तर, लक डाउनको समयमा पनि उनी विन्दास देखिएकी छिन् । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले कहिले उनको छटपटी व्यक्त गरेको छ भने कहिले उनको विन्दास रुप ।

‘परदेशी २’को छायांकन सकेर वर्षा हिट सिरिज ‘नाई नभन्नु ल ६’मा काम गर्न चाहन्छिन् । तर, यो समयले उनलाई साथ देला त ?-onlinekhabar

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  १२ : ४२ बजे