२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनमा पनि चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुने



काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएको छ। हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएको सो चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो।

यसको लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको निर्माण पक्षले जनाएको छ।

चलचित्रका रहेका मुख्य कलाकार प्रदीप खड्काको अभिनयसँगै चलचित्रको कथावस्तु र हिमाली दृश्यले चीनियाँ दर्शकलाई आकर्षित गर्नसक्ने आँकल गर्दै त्यहाँ रिलिजको लागि चीनियाँ चलचित्र पक्षले आग्रह गरेको निर्माताको दाबी छ।

प्रकाशित मिति : २०७९, १ भाद्र बुधबार ००:००  ३ : ४८ बजे