२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल ७ मा निशुल्क स्वास्थ्य शिविर हुदै   



पश्चिम नवलपरासी। सुनवल नगरपालिका  ७ तर्गौलिमा भोलि मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

तर्गौलिमा रहेको जना जागृत आधारभुत विद्यालयमा शिविर सञ्चालन हुनेछ ।

सुनवल नगरपालिका वडा ७ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो । स्वास्थ्य शिविरमा दक्ष डाक्टरहरूबाट  स्वास्थ्य परिक्षण गरिनुका साथै सामान्य औषधि उपचारको समेत निशुल्क रुपमा सेवा प्रवाह हुने जनाइएको छ । बिहान ८ बजेदेखि दिउसो ३ बजे सम्म शिविर सञ्चालन हुने बताइएको छ ।

शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी र नाक,  कान घाँटी रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा दिने कार्यक्रम तय भएको वडा अध्यक्ष नारायण आचार्यले जानकारी  दिए । उनका अनुसार वडाले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि शिविर आयोजना गर्न लागेको हो ।

निशुल्क स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिन सबैमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७९, ६ भाद्र सोमबार ००:००  ४ : २८ बजे