२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत अर्यालद्वारा पदभार ग्रहण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भर्खर सरुवा भई आएका प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याललाई स्वागत गरिएको छ। सोमबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र नगर उपप्रमुख जगेश्वरदेवी चौधरी तथा बिषयगत शाखाका कर्मचारी बीच प्रमुख प्रसासकिय अधिकृत अर्याललाई स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले जनप्रतिनिधी र कर्मचारी बीच नङ र मासुको सम्बन्ध भएकाले सबैको सहकार्य सहमति र सेवा पहुँचलाई जनस्तरमा सहज तरिकाले पुर्याउनु पर्ने बताए। त्यस्तै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिकाको समग्र बिकाश र सम्बृद्ध नगरको रुपमा उत्कृस्ट बनाउन सबै मिलेर लाग्नु पर्ने र त्यसमा प्रमुख प्रसासकिय अधिकृतको भूमिका मुख्य हुने बताईन। सो अवसरमा बोल्दै प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले कर्मचारीले आफ्नो भूमिका निर्बाह गरी सेवाग्राही लाई कसरी हुन्छ छिटो र छरितो तरिकाले सफल र सहज सेवा दिनु जरुरी रहेको बताए। उनले जति सक्दो प्रविधिलाई प्रयोग गरी सेवा सहज बनाउन सबै जनप्रतिनिधी र कर्मचारीलाई सहयोगी भूमिका निभाउन आग्रह पनि गरे।

बिक्रम सम्बत २०६९ सालमा नासु मार्फत सरकारी सेवामा प्रवेश गरेका अर्याल सेवा प्रवेशको १ बर्षमै शाखा अधिकृत भए। प्रमुख प्रसासकिय अधिकृत अर्याल बि।स। २०७७ मा उपसचिव बने भने उनले कानुनमा एलएलबी, अंग्रेजी साहित्यका गोल्ड मेडलिस्ट, राजनीति शास्त्रमा स्नात्तकोत्तर साथै कोरियाको बिश्वबिध्यालयमा युनिभर्सिटि टपरको रुपमा उच्च शिक्षा हासिल गरेका छन्। हाल सन्धिखर्क नगरपालिकाबाट सरुवा भई आएका अर्यालको स्थानिय सरकारको प्रमुख प्रसासकिय अधिकृतको रुपमा तिलोत्तमा नगरपालिकामा पाँचौ कार्यकाल हो।

प्रकाशित मिति : २०७९, ७ भाद्र मंगलबार ००:००  ३ : १८ बजे