२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त



काठमाडौं । सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । थापा प्रहरी फोर्सको २८ औं महानिरीक्षक हुन् । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार असार २४ मा अनिवार्य अवकास पाउँदैछन् ।

महानिरीक्षकका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकको नियुक्तिका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यवसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । थापासँग सचिवालयमा बसेर काम गरेको अनुभव पनि छ ।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार ००:००  १ : १३ बजे