२०८१, ५ जेठ शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झिँगेदाउको टल टल टल टलक्कै



काठमाडौं। ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त तथा सुरेश लामाको स्वर छ ।

फिल्मका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमा भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित पिःल्मले दाजुभाई र देउरानी–जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  ४ : ५४ बजे