२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘परीश्रमी’ को देशभक्त गीत चर्चामा



अनलाइन सरोकार

काठमाडौं- नेपाली गीत संगीतको दुनीयाँमा अर्को एउटा मनछुने गीत बजारमा आएको छ । गीतकार डीपी दाहाल ‘परीश्रमी’ को रचनामा रहेको संसार जितेर गएनि माटोलाई भुल्दीन बोलको म्युजिक भिडियो बजामा आएको हो ।

डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईले स्वर दिएका छन् ।

अनुभवी संगीतकार लक्ष्मण शेषले दिएको संगीत उतिकै मनछुने छ ।

गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । मिचिएको कालापानी, लिपुलेक देखी जातीय छुवाछुत विरुद्घको गीत निकै शसक्त बनेको छ ।

सार्वजनिक भएको केही दिनमै यो गीतले चर्चा कमाएको गीतकार ‘परीश्रमी’ले बताए । उनका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुँदैन भन्ने कुरा गीत मार्फत दर्शाइएको छ ।

यो गीत वास्तवमै जति धेरै सुन्यो त्यति नै कर्णप्रिय छ ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  १ : ०९ बजे