२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन



काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले स्वास्थ्य सतर्कता अपनाएर स्वास्थ्य सचेतता अपनाएर सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन भन्दै ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी सञ्चालन भइरहे पनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताए । संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उनले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले लामो समयसम्मको लकडाउनले यातायात क्षेत्रका मजदूरहरुको अवस्था नाजूक बन्दै गएको बताए ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार ००:००  १२ : १८ बजे