२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको समर्थनमा देशभर प्रर्दशन



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली समर्थकहरुले बुधबारपनि देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । ओली समर्थकहरुले बुधबार काठमाडौँ उपत्यकाको कोटेश्वर, चावहिल, गंगबु, कलंकी, असन र लगनखेलमा प्रदर्शन गरेका हुन् ।
अस्थिरता देशलाई चाहिँदैन, सरकार ढाल्न पाइँदैन्, आजलाई होईन् भोलिलाई, स्थिर सरकार ओलीलाई लगायतका प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए । उनीहरुले ओलीको राजीनामा भारतको लागि कि ? नेपालको लागि? भन्ने प्रश्न समेत गरेका छन् । चाबहिलमा भएको प्रदर्शनमा अपाङ्गता भएका व्यक्तिहरू ह्विल चेयर र मोटरसाइकलमा सहभागी भएका थिए ।

नेकपाको केही दिनअघि बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले ओलीले राजीनामा दिनुपर्ने चौतर्फी दवाब सुरु भएपछि ओली समर्थकहरु सडकमा उत्रिएका हुन् ।

यसैबीच प्रधानमन्त्री ओलीको समर्थनमा कैलालीको धनगढीमा समेत प्रर्दशन भएको छ । सचेत नागरीक धनगढिले आयोजना गरेको प्रर्दशनमा ओलीलाई राष्टियताका विषयमा बोल्दा राजिनामा दिन बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गरे । उनिहरुले प्रधानमन्त्री ओलीलाई ५ वर्ष सम्म सरकारमा बस्न दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार ००:००  १२ : ५३ बजे