२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय व्यवसायी महासंघले शुक्रबारदेखि चरणवद्ध आन्दोलन गर्ने



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलन अन्तर्गत महासंघले आगामी शुक्रबार माइतीघर मण्डलामा तालाचावीसहित प्रदर्शन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । कोरोना भाइरसका कारण समग्र उद्योगी व्यवसायीहरुले निकै कठिन अवस्थाको सामना गरिरहेको उनले बताए । कटुवाललेव्यवसायिहरुले उठाएका मागहरुका विषयमा सरकार अझै गम्भीर नबनेकाले आन्दोलनमा जान बाध्य भएको उल्लेख गरे ।

महासंघले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नु पर्ने माग राखेको छ । अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका लगायतका मेयरलाई भेटेर घरभाडा छुटका लागि सहजीकरण गरिदिन आग्रह गरिएको तथा आजमात्रै महासंघको टोलीले नेपाल राष्ट्र बैंकमा पनि ब्याजदर घटाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

सरकारले बिहीबार सम्म पनि संवादमार्फत समस्या समाधान नगरे पर्सिबाट माइतिघरमण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जानकारी दिए । साथैँ त्यसलाई पनि बेवास्ता गरे चरणबद्ध आन्लोलनका कार्यक्रमहरु घोषणा गरिने उनले बताए ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार ००:००  २ : ५१ बजे