२०८१, ५ जेठ शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिश्र भन्छन्, ‘चलचित्र ‘प्रकाश’ हेरेर पहिलोपटक रोए’



काठमाडौँ ।   रविन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन् । आज परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका हुन् ।

‘आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौं। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो!’, उनले भनेका छन् ।

काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गरेका छन् । सिनेमाका दृष्यले आफ्नो भावनासँग जोडिएको उनको भनाइ छ । उनले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह पनि गरेका छन् ।

‘शहरमा हुर्केका(बढेका, कर्णाली (र सुदूरपश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा सहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह गर्दछुु’, उनले भनेका छन् ।

प्रकाशित मिति : २०७९, १५ भाद्र बुधबार ००:००  १२ : २८ बजे