२०८२, २९ असार आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको ओस्कार समितिले माग्यो फिल्म



काठमाडौँ। ९५औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कार अवार्ड)’मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि भदौ ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९५औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) प्रदान गरिने जनाएको छ । हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ ।

अघिल्लो वर्षहरुमा झैँ यो साल पनि फिल्म हलसँगै स्ट्रिमिङ साइटमा रिलिज भएका फिल्मले अवार्डमा सहभागिता जनाउन सक्नेछन् । योसँगै महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी स्थापित स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् । समितिले अक्टोबर ३ भित्रमा नेपालको प्रतिनिधित्व गर्ने एउटा नेपाली फिल्म छनौट गरेर पठाउनेछ ।

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  १२ : ०१ बजे