२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले कार्यभार सम्हाले



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् ।
बिहीबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेर फर्किएपछि उनले प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेका हुन् ।

प्रहरी महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका छन् ।

थापालाई मंगलबार सरकारले महानिरीक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  ८ : ४६ बजे