२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशला गुरुङ प्रेममा !



काठमाडौँ । गायिका त्रिशला गुरुङले आफू प्रेममा रहेको खुलाएकी छन्। पेशाले चिकित्सकसमेत रहेकी गायिका गुरुङले संगीतकार रोहित शाक्यसँग प्रेममा रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

कभर गीत गाएर आफ्नो सुमधुर स्वरका कारण चर्चामा आएकी उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत आफू र संगीतकार शाक्य प्रेममा रहेको संकेत गरेकी हुन्।

रोहितसँगको तस्बिर सेयर गर्दै त्रिशलाले लेखेकी छन्, ‘भर्खरै मैले महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौँ। तिमी मेरो हौँ, र तिमीलाई थाहा छ त्यसैले तिमीलाई मन पराउँछु।’

प्रकाशित मिति : २०७९, २१ भदौ मंगलबार ००:००  ११ : ३५ बजे