२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा भारतीय च्यानल बन्द



काठमाडौं । नेपालमा भारतीय टेलिभिजन च्यानल बन्द भएका छन् । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले नेपाल र नेपालीविरुद्ध अनर्गल, तथ्यहीन तथा आपत्तिजनक सामग्री प्रशारण गर्न थालेपछि नेपालमा दुरदर्शन बाहेक भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेका हुन् ।

वितरकहरुले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रसारण रोकेको बताएका छन् । भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रशारण गर्न थालेपछि ति च्यानलहरु बन्द गरिएको हो ।

नेपाल केवल टेलिभिजन महासंघको बिहीबार बसेको बैठकले भारतीय समाचार च्यानल क्रमशस् बन्द गर्दै जाने निर्णय गरेको महासचिव रामकुमार बस्नेतले बताए । नेपालको राष्ट्रियता र राजनीतिक नेतृत्वमाथि आँच पु¥याउने खालका सामग्री प्रशारित गर्न थालेपछि ती च्यानल बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

राष्ट्रियताको रक्षाका लागि भारतीय सञ्चारमाध्यममाथि रोक लगाउन बाध्य भएको बस्नेतको भनाई छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  ३ : ०४ बजे