२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौं । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली आज बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी-ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो ।

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३(२ ले जितेको थियो। यस्तै ३ खेलको एकदिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको थियो ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ-आफ्नो टोलीसँग जोडिने छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ। पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ

प्रकाशित मिति : २०७९, २२ भाद्र बुधबार ००:००  २ : ४० बजे