२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज विश्व जनसंख्या दिवस, संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो



काठमाडौं । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरसको त्रासका कारण औपचारिक कार्यक्रम भने नगरिने भएको छ । विश्व जनसंख्याको सूचीमा नेपाल ४९ औं ठूलो मुलुकमा रहेको छ । नेपालको जनसंख्खा हालै तीन करोड नाघेको हो ।

संसारभरको जनसंख्या ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार पुगेको छ । यस वर्ष ४२ करोड ८० लाख बढीको जन्म हुँदा ३० करोड ९७ लाख व्यक्तिको मृत्यु भएको छ । सबैभन्दा बढी जनसंख्या चीनमा १ अर्ब ४३ करोड ९४ लाख रहेको छ । दोस्रो स्थानमा रहेको भारतको जनसंख्या १ अर्ब ३८ करोड ४ लाख पुगेको छ ।

अमेरिकामा ३३ करोड १० लाख, इण्डोनेशियामा २७ करोड ३६ लाख, पाकिस्तान २२ करोड १० लाखभन्दा बढी रहेको रहेको बताइएको छ । क्षेत्रगत रुपमा सबैभन्दा बढी एशियामा ४ अर्ब ६४ करोड १० लाख जनसंख्या रहेको छ । अफ्रिकामा १ अर्ब ३४ करोड र यूरोपमा ७४ करोड ७६ लाख जनसंख्या रहेको छ ।

धर्मगत आधारमा हेर्दा क्रिष्चियन धर्मावलम्बी ३१ प्रतिशत, मुस्लिम धर्मावलम्बी २३ प्रतिशत, कुनै धर्मप्रति विश्वास नराख्नेहरुको संख्या १६ प्रतिशत रहेको छ । हिन्दू धर्मावलम्बी १५ प्रतिशत रहँदा संसारभर बौद्ध धर्मावलम्बी ७ प्रतिशत रहेका छन् । अर्को शताब्दी अर्थात् सन् २१०० मा विश्वमा १० अर्ब ८७ करोड जनसंख्या पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार ००:००  २ : ४१ बजे