२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक



काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका छन्।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ।

रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका छन्। कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताए। उनले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गरे।

झण्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भएको ‘हिजो आजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ। सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो। चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौ’ यसअघि नै हिट भइसकेको छ।

हेर्नुहोस् ट्रलेर

प्रकाशित मिति : २०७९, २३ भाद्र बिहीबार ००:००  १२ : १० बजे