२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मूल्य समायोजन



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १—१ रुपैैँयाले बृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ । यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ जुलाईमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाा २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएकोे छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार ००:००  ३ : ०१ बजे